0
Advertisement

भदौ १७, काठमाडौँ । एकातिर विश्वको झन्डै ४० प्रतिशत मानिसलाई खाना नपुगेका खबर आइरहेका छन् भने अर्र्कातिर एउटा यस्तो किचन अहिले चर्चामा छ जसले दैनिक मानिसलाई निःशुल्क खाना बाँडिरहेको छ ।

भारतको अमृतसारस्थित स्वर्ण मन्दिर (गोल्डेन टेम्पल)को यो किचनमा दैनिक ७० देखि ७५ हजार मानिस खाना खान्छन् । विशेष अवसरमा त यो संख्या एक लाखभन्दा बढी पुग्छ । यही किचनसँग सम्बन्धित केही जानकारी

यो किचनमा दैनिक ७०–७५ हजार मानिसले खाना खान्छन् । विशेष अवसरमा त यो संख्या एक लाख पनि नाघ्छ ।

दैनिक यति धेरै मानिसका लागि खाना बनाउने यो किचनलाई विश्वकै सबैभन्दा ठूलो किचन दाबी गरिएको छ ।

यो किचनमा दैनिक १२ हजार किलो आटा, १३ हजार दाल, १५ हजार किलो चामल र दुई हजार किलो सागसब्जी पकाइन्छ ।

यो किचनमा दैनिक लगभग दुई लाखवटा रोटी बनाइएको हुन्छ । यहाँको रोटी मेकिङ मेसिनले एक घन्टामा २५ हजार रोटी बनाउन सक्छ ।

खीर बनाउनका लागि यहाँ दैनिक पाँच हजार लिटर दूध, एक हजार किलो चिनी र पाँँच सय किलो घिउ प्रयोग गरिन्छ ।

यी सबै खाना पकाउन यो ठाउँमा दैनिक एक हजारभन्दा धेरै एलपिजी ग्यास सिलिन्डर प्रयोग गरिन्छन् । साथै, पाँच हजार किलो दाउरा पनि यहाँ प्रयोग गरिन्छ ।

यो किचनमा खाना बनाउन चार सय ५० जना खटिएका हुन्छन् । त्यसबाहेक सयौँ स्वयंसेवकले पनि यहाँ काम गर्छन् ।

यो किचनमा प्रयोग गरिने कराई कतिसम्म ठूलो छ भने एकैपटक यसमा सात क्विन्टल दाल तथा खीर बन्न सक्छ ।

यो किचनमा दुईवटा डाइनिङ हल छन् । यी हलमा एकैपटकमा पाँच हजार मानिस बसेर खाना खान सक्छन् ।

यो किचनमा दुई ठाउँमा खाना पकाइन्छ र ती दुवै किचनमा २४सै घन्टा काम गरिन्छ ।

यो किचनमा दैनिक तीन लाखभन्दा धेरै भाँडा माझिन्छ ।

यो किचन गुरु नानकले सुरु गरेका हुन् । यसलाई गुरु अमरदासले अगाडि बढाएको मानिन्छ । हिजोको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Advertisement

Post a Comment

 
Top