0
Advertisement

भदौ २२ , दमासकस। सिरीयाली सेनाले दंगाग्रस्त एपोलो क्षेत्रमा रसायन हमला गर्दा ८० जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।
उक्त क्लोरिन रसायनिक हमलामा परि घाइते भएका ८० जना मध्ये ३७ जना बालबालिका छन्। अधिकारीहरुले सरकारी सेनाले हेलिकप्टरबाट क्लोरिन रसायनिक हमलामा गरेको बताएका छन्। उनीहरुले हमालपछि त्यहाँको अवस्था भयावह भएको र घाइतेहरुलाई स्वासप्रस्वासमा समस्या भएको बताएका छन्।
तर सिरीयाली सरकारले भने आफूहरुले कुनै रसायनिक हमला नगरेको र आफूहरु सधै यसको विपक्षमा रहको बताएको छ। यसअघि अगस्टमा संयुक्त राष्ट्रसंघको एक अनुसन्धानले सिरीयाली सरकारले दुई पटक क्लोरिन रसायन हमला गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
सिरीयाली विपक्षी दलका नेताहरु बुधबार लण्डनमा आगामी राजनीतिक धारणा बनाउन भेट्ने तयारी गरिरहदाँ यो हमला हुनलाई गम्भीर रुपमा हेरिएको छ ।

Advertisement

Post a Comment

 
Top