Advertisement
![]() |
भदौ २२, काठमाडौँ – चिनिया राष्ट्रपति सी जीन पिङको नेपाल भ्रमण तोकिए कै मितिमा हुने भएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमण रोकिएको भन्ने समाचार निराधार भएको भन्दै भ्रमण तोकिए कै मितिमा हुने प्रधानमन्त्री दाहालको स्वकीय सचिव प्रकाश दाहाल जानकारी गराएका छन ।
नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा हुने भनिएको चिनिया राष्ट्रपतिको भ्रमण तोकिए कै मितिमा हुने स्वकीय सचिव दाहालले सामाजिक संजाल फेसबुकबाट जानकारी गराएका हुन ।
प्रधानमन्त्री दाहालको छोरा समेत रहेका स्वकीय सचिव प्रकाश दाहालले आफ्नो फेसबुकमा यस्तो लेखेका छन-
‘चिनका सम्माननिय राष्ट्रपतिको नेपाल भ्रमण रोकिएको छैन । भनिएकै समयमा हुने छ । ठुलै उथलपुथल बाहेक त्यो भ्रमण रोकिने पनि छैन ।
यो यथार्थ हो । अर्को योपनि सत्य हो कि चिनियां राष्ट्रपतिको भ्रमणले नेपालका र बाह्य केहि शक्तिको निंद हराम भएको छ । चिनका राष्ट्रपति नेपाल आउने त्योपनि धेरै वर्षको अन्तरालमा । यो सबै नेपालीको लागि खुशीको कुरा हो । यो केवल प्रचण्डलाई मात्र जोडेर र उहांको मात्र सफलतासंग जोडिएको कुरा हैन । समग्र नेपालीको लागि एउटा कोसेढुंगा हो । अनाश्यक यो विषयलाई अतिरन्जित र भ्रम छर्ने काम ठिक होला र ?’
यस अघि नेपाली संचारमाध्यमहरुमा चिनिया राष्ट्रपतिको नेपाल भ्रमण रद्ध भएको समाचार प्रकाशन भएको थियो ।
Advertisement
![]() |
Post a Comment