Advertisement
![]() |
काबुल / अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विष्फोटमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काबुलको प्रमुख व्यापारिक क्षेत्रलाई लक्ष्यगरी सो आक्रमण भएको स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ ।
अफगानिस्तानका चर्चित राष्ट्रिय नेता अहम्मद शाह मसुदकोे १५औं बार्षीकीका अवसरमा आयोजित कार्यक्रम भईरहेका बेला बम आक्रमण भएको थियो । आक्रमणपछि सो इलाकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । रासस÷सिन्ह्वा
Advertisement
![]() |
Post a Comment