0
Advertisement

आर्मी अफिसर्स क्लबमा सम्पन्न एलजी फिल्म अवार्डमा बर्षको उत्कृष्ट फिल्म पशुपतिप्रसादले अवार्ड जितेको छ । त्यस्त्ौ बर्षको उत्कृष्ट अभिनेता तर्फ दयाहाङ राई र अभिनेत्री तर्फ नम्रता श्रेष्ठ उत्कृष्ट अवार्ड हात पार्न सफल भएका छन् । अभिनेता दयाहाङ राईले फिल्म कबड्डी कबड्डी र अभिनेत्री नम्रता श्रेष्ठले क्लासिक फिल्मबाट अवार्ड जितेका हुन् ।
उत्कृष्ट निर्देशकमा पशुपति प्रसाद फिल्मबाट दिपेन्द्र के खनालले अवार्ड जिते । साथै बर्षको पपुलर हिरोईन तर्फ रेखा थापा र हिरो तर्फ अनमोल के.सी. घोषित भएका छन् ।
एलजि अवार्ड कार्यक्रमको प्रमुख अतिथीको रुपमा वलिउड अभिनेता सत्रुघन सिन्हा थिए । यहि कार्यक्रमकै अवसरमा बलिउड अभिनेता सत्रुघन सिन्हाकोे बायोपिक पुस्तक ’खामोस’ पनि बिमोचन गरियो । त्यस्तै उद्धवराज भटटराईलाई लाईफटाईम एचिभमेन्ट अवार्डमाट सम्मानित गरिएको थियो ।
अवार्ड विजेताहरुको नाम लिष्ट यस प्रकार छन् ः
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
उत्कृष्ट अभिनेताः दयाहाङ राई (कबड्डी कबड्डी)
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ (क्लासिक)
उत्कृष्ट निर्देशकः (पशुपतिप्रसाद)दिपेन्द्र के खनाल
उत्कृष्ट कपल अफ दि ईयरः ( प्रदिप खड्का, पूजा शर्मा)प्रेमगीत
उत्कृष्ट स्टण्टः (सिम्पसन तामाङ) भैरव
उत्कृष्ट ट्रेलरः (साहिल खान) भैरव
उत्कृष्ट कोरियोग्राफीः (प्रेमगीत)रेनशा वान्तवा राई
उत्कृष्ट म्युजिक डाईरेक्टरः (प्रेमगीत)अर्जुन पोखरेल
उत्कृष्ट पपुलर गीतः (वडा नम्बर ६)सुर्के थैली
उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्सः (अक्की शर्मा, सत्यम राना)च्याम्पियन
उत्कृष्ट पोस्टरः (सुन्दर श्रेष्ठ)वडा नम्बर ६

Advertisement

Post a Comment

 
Top