Advertisement
![]() |
काठमाडौं, २४ भदौ — सामाजिक सञ्जालमा आजभोलि एक सुन्दरीको तस्वीर भाइरल भइरहेको छ । यी न कुनै हिरोइन हुन्, न त मोडेल नै ।
खासमा यी महिला सुरक्षाकर्मी हुन् । शु सिन नाम गरेकी यी महिलाले चीनमा हालै सम्पन्न जी२० सम्मेलनमा अंगरक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।
चीनको सामाजिक सञ्जाल वेइबोमा यिनको तस्वीर अपलोड गरिएपछि धेरैको ध्यान यिनीतर्फ खिँचियो । पछि पत्ता लाग्यो कि उनी दक्षिणी चीनको गुइयाङ शहरकी निवासी रहिछन् र पिपुल्स लिबरेसन आर्मीमा आबद्ध रहिछन् ।
सैनिक र प्रहरीमा भएका महिला सुन्दर हुँदैनन् भन्ने सोच छ धेरैको । त्यसैले पनि सुन्दर सुरक्षाकर्मी देखिए भने मानिसको ध्यान आकर्षित भइहाल्छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार शुलाई खाली समयमा गीत गाउने र नाच्ने शोख छ । उनले यानचेङ गायन प्रतियोगितामा दोस्रो स्थान समेत हासिल गरेकी छिन् ।
द डेली मेल
Advertisement
![]() |
Post a Comment