0
Advertisement

एजेन्सी – संसारमै पहिलो पटक अनुहार प्रत्यारोपण गर्ने फ्रान्सेली महिलाको इजाबेला डिनोआइरको निधन भएको फ्रान्सेली चिकित्सकले बताएका छन् । आफ्नै घरपालुवा कुकुरले कुरुप हुने गरी अनुहारमा टोकिदिएपछि सन् २००५ चिकित्सकहरुले उनमा नयाँ नाक र मुख प्रत्यारोपण गरेका थिए ।
प्रत्यारोपणपछिको औषधिका कारण उनको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको थियो । सोही कारण उनलाई गत अप्रिलमा क्यान्सर भएको थियो । क्यान्सरका कारण उनको ४९ वर्षको उमेरमा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । उनको परिवारको गोपनियतालाई सम्मान गर्दै मृत्युको खबर सार्वजनिक गर्न ढीलाई गरिएको अस्पतालले जनाएको छ ।
सन् २००९ मा विविसीलाइ दिएको एक अन्तर्वार्तामा ऐनामा हेर्दा आफ्नो र डोनरको अनुहारको मिश्रण पाएको इजाबेलले बताएकी थिइन् । ‘दाता मसँगै रहेको पाउँछु,’ उनले भनेकी थिइन् । उनी एन्टि रिजेक्सन ट्रिटमेन्टबाट पीडित भएको फ्रान्सेली समाचारपत्र फिगारोले जनाएको छ ।
आत्महत्याको प्रयास गर्दा कुकुरले उनको मुख चिथोरेर कुरुप बनाएको बीबीसीलाई बताएकी थिइन् । अत्याधिक स्लिपिङ ट्याबलेट खाएपछि उनी रगतको पोखरी जस्तै अवस्थामा व्युझिएकी थिइन । उनी अचेत देखेपछि कुकुरले उनलाई व्युझाउन खोजेको थियो । आफ्नै कुकुरले अनुहारका विभिन्न ठाँउमा चिथोरेको थियो ।
कुकुरको टोकाईले उनको मुख, नाक र चिउडो यति कुरुप भएको थियो की चिकित्सकहरुले उपचारमार्फत अनुहारलाई पूर्वावस्थामा ल्याउन नसक्ने जनाएका थिए । बरु उनीहरुले अनुहार प्रत्यारोपण गर्न सुझाब दिएका थिए ।
शल्यक्रियापछि उनी खुसी थिइन् । तर उनको शल्यक्रियाप्रति सञ्चार माध्यम र सर्वसाधरणको अनावश्यक चासोले उनी चिन्तित बनेकी थिइन् । पछिल्लो वर्षमा अमेरिका, स्पेन, टर्की, चीन र पोल्यान्ड लगायतका देशहरुमा अनुहार प्रत्यारोपण गरिन्छ ।
Swasthya Khabar Patrika

Advertisement

Post a Comment

 
Top