Advertisement
![]() |
काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन बलिउडका भेट्रान कलाकार शत्रुघन सिन्हा आज नेपाल आईपुगेका छन् ।
कलाकार शत्रुघन सिन्हाले भोली आफ्नो बायोग्राफी पुस्तक पनि सार्वजनिक गर्ने भएकाछन् । कलाकार सिन्हाले पुस्तकले आफ्नो फिल्मी स्टारडमदेखि राजनीतिक करिअर सम्मलाई चित्रण गरेको बताउँछन् ।
नेपाल आईपुगेका कलाकार सिन्हाले त्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै आफू धेरै पटक नेपाल आएको बताउँछन् ।
नेपालको सुन्दरता र नेपालीहरुको सत्कारले सधै लोभ्याउने जस्ता उलने भनाई राखे । त्यस्तै कलाकार सिन्हाले पशुपतिनाथको दर्शनका लागि पनि नेपाल आउने गरेको बताउँछन् ।
Advertisement
![]() |
Post a Comment