0
Advertisement

संबिधान संशोधन लगायतका बिषयमा छलफल गर्न प्रमुख तीन दल कस्सिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक बसेको हो । बैठकमा संविधान संशोधन, स्थानीय तह पुनर्संरचना, प्रदेश सीमांकन हेरफेर लगायत विषयमा छलफल भएको बताइएको छ ।
कंग्रेस र माओवादीले सरकार निर्माण ताका नै संविधान संशोधन गरेर मधेशी दलले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाईसकेका छन् । प्रमुख प्रतिपक्षी एमालेले भने संविधान संशोधन गर्नुको औचित्य प्रष्ट्याउनु पर्ने बताउँदै आएको छ । यस्तै स्थानीय तह निर्धारण गर्ने विषयमा कंग्रेसले केही दिन अघि जिल्ला सभापतिको भेला बोलाएर स्थानीय तहको संख्या एक हजारको हाराहारी पु¥याउनु पर्ने निष्कर्ष निकालेको थियो । एमालेले भने स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको खाकालाई नै स्वीकार्नुपर्ने बताएको छ । यसअघि दुई पटक भएका छलफलमा मुख्य तीन दल आ–आफनो अडानमा कायम रहेकाले सहमति जुटन सकेको थिएन ।

Advertisement

Post a Comment

 
Top