0
Advertisement

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वप्रशिक्षक पुबुदु दासानायके अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षकका बनेका छन ।
श्रीलंका मुलका क्यानेडिएरन नागरिक पुबुदुलाई आइसिसीले अमेरिकन क्रिकेट टिमका प्रशिक्षकमा नियुक्त भएका हुन ।
नेपाल र क्यानडाको क्रिकेट प्रशिक्षका रहदा हासिल गरेको उपलब्धीका आधारमा उनी अमेरिकाको प्रशिक्षक बनाएको आइसीसीले जनाएको छ । अमेरिकी क्रिकेट आइसीसीको प्रतिवन्ध रहेका कारण अमेरिकाको क्रिकेट आईसीसीको नियन्त्रणमा रहेकाे छ ।
पुबुधु नेपालकै प्रशिक्षक रहँदा नेपाल विश्व क्रिकेट लिग डिभिजन ४ बाट वल्ड क्रिकेट लिग च्याम्पियनसिप साथै सन् २०१४ को टी-ट्वेन्टी विश्व कपसम्म पुराएका थिए ।
यस्तै पुबुधुको प्रशिक्षणमा क्यानडा पनि सन् २०११ को विश्व कपमा पुगेको थियो ।

Advertisement

Post a Comment

 
Top