Advertisement
![]() |
काठमाडौं, २४ भदौ — अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा निर्णायक मानिस हुने गर्छन् र तिनले सुन्दरीहरूको विभिन्न गुण गरेर विजेता छनोट गर्छन् । तर हालै मशिनलाई निर्णायक बनाएर सुन्दरी प्रतियोगिता सम्पन्न गरिएको छ ।
ब्युटी डट् एआइले यसै वर्ष मशिन निर्णायक भएको सुन्दरी प्रतियोगिताको घोषणा गरेपछि विश्वका १०० भन्दा बढी देशका लगभग ६ हजार महिलाले फोटो पठाए । मशिनले जटिल एल्गोरिदम मार्फत सौन्दर्यको निष्पक्ष जाँच गर्ने उनीहरूको अपेक्षा थियो ।
तर परिणाम हेर्दाखेरी यो मशिन बनाउने मान्छे छक्क परे किनकि सबै सुन्दरीहरू गोरा वर्णका थिए । यसको मतलब मशिनले कालो वर्ण भएका महिला मन पराएन ।
जम्मा ४४ विजेतामा लगभग सबै गोरी महिलाहरू थिए अनि औंलामा गन्न लायक एसियाली मूलका सुन्दरी थिए । भारत र अफ्रिकाका ठूलो संख्याका काला वर्ण भएका महिलाले फोटो पठाएको भएपनि मशिनले तिनीहरूलाई सुन्दरी नै मानेन ।
यसबाट जन्मेको विवादले एल्गोरिदमबाट पनि पूर्वाग्रहलाई निरन्तरता दिइएको तर्क उठेका छन् ।
मशिन बनाउने मान्छेको मनमा गहिरो गरी गढेको पूर्वाग्रहका कारण नै यसो हुन गएको व्याख्या गरिएको छ । यसको मतलब मशिनको एल्गोरिदम निष्पक्ष र वस्तुगत हुने अपेक्षा गरिएपनि त्यसले पूर्वाग्रहलाई झन् बढाउने देखिएको छ ।
द गार्डियन
Advertisement
![]() |
Post a Comment