0
Advertisement

भाद्र २४, नेपालगन्ज। बाँकेमा पाँच हजार विद्यार्थीका लागि वार्षिक एक अर्बभन्दा बढी लगानी भइरहेको छ । जिल्लामा प्रतिवर्ष अधिकतम पाँच हजार विद्यार्थीले एसएलसी उत्तीर्ण गर्ने गरेका छन् ।
जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले पाँच हजार विद्यार्थी उत्पादनका लागि एक अर्ब खर्च भइरहेको बताए । शिक्षा कार्यालयमार्फत मात्रै जिल्लामा अघिल्लो आर्थिक वर्षमा ८७ करोड ३० लाख खर्च भएको छ ।
स्थानीय निकाय, दातृ संस्थाको अनुदानसमेत यस बराबर छ । जिशिअ साउदले बाँकेका सामुदायिक विद्यालयमा मात्रै वार्षिक एक अर्बभन्दा बढीको लगानी भइरहेको बताए ।
उनले विद्यालयमा बालबालिका टिकाइराख्नु पछिल्लो समयको सबैभन्दा ठूलो चुनौती देखिएको बताए । जिशिअ साउदका अनुसार कक्षा १ मा भर्ना भएका ९६ विद्यार्थीमध्ये ३० जना मात्रै कक्षा ९ सम्म पुग्ने गरेका छन् ।
- अन्नपूर्ण पोष्ट दैनिक

Advertisement

Post a Comment

 
Top