Advertisement
![]() |
कफिका पारखी जाडो, गर्मी जुनसुकै मौसममा पनि कफिको स्वाद लिन रुचाउँछन्। कफिको गुणस्तरले कफिको स्वाद निर्धारण गर्छ। साथै स्वास्थ्यका लागि पनि फाइदाजनक छ। तर केही चिज यस्ता छन् जो खान अत्यन्तै स्वादिलो भए पनि हेर्दा नराम्रा वा घिनलाग्दा देखिन्छन्।
यस्तै एक कुरा हो विश्वकै महँगो मध्येको एक कफि ‘ब्ल्याक आइभोरी ब्लेन्ड’ को। उत्तरी थाइल्याण्डमा बन्ने यो कफि विश्वकै महँगो भए पनि यसबारे सुन्दा धेरैलाई घिन लाग्छ। एक किलोको करिब १ लाख रुपैयाँ पर्ने यो कफि हात्तीको लादी (दिसा) मा मिसिएका बीउबाट बन्छ।
यसका लागि सबैभन्दा पहिलो कफिको बीउ हात्तीलाई खुवाइन्छ। काँचो कफि खाएर हात्तीले पचाएपछि लादी दिन्छ। एक किलो कफि पाउन हात्तीलाई ३३ किलो काँचो कफि खुवाइन्छ।
हात्तीको लादीमा भएको बीउ निकाल्ने काम प्रशिक्षण प्राप्त व्यक्तिले गर्छन्। बीउ निकालेपछि त्यसलाई घाममा सुकाइन्छ र पछि पिसेर धुलो बनाइन्छ।
यति गरेर बनाएको कफि कडा भने हुँदैन। पाचन प्रक्रियाको बेला हात्तीको एन्जाइमले कफिको प्रोटिन हटाउने भएकाले यसमा कडापन नहुने बताइएको छ।
यसबाहेक हात्तीले खाने केरा, ऊखु लगायतका फलका कारण कफिमा फलफूलको बासना पनि आउँछ। यति धेरै मिहेनत गरेर बनाइएको ‘ब्ल्याक आइभोरी ब्लेन्ड’ कफि पक्कै महँगो त हुन्छ नै।
Advertisement
![]() |
Post a Comment