0
Advertisement

पोखरा, २३ भदौ-
कास्कीको लेखनाथमा घरमाथिबाट आएको पहिरोले पुरिँदा एकैघरका चारजनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् ।
लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा रहेको लक्ष्मी सुनारको घर पहिरोले पुरिँदा १४ वर्षीय छोरा निशान सुनार, नौ वर्षीया छोरी रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतक सलमान तामाङ बुधबार मात्रै हेटौँडाबाट मावलीमा आएका थिए ।पहिरोमा परी छोरीहरु कविता सुनार र सजिना सुनार सख्त घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घरधनी लक्ष्मी सुनार र जेठी छोरी पट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु बाँच्न सफल भएका थिए । लक्ष्मीका श्रीमान् तीर्थबहादुर सुनार बुधबार दिउँसो मात्रै वैदेशिक रोजगारीका लागि साउदी अरब गएको प्रहरीले जनाएको छ । –तस्विरः फाइल

Advertisement

Post a Comment

 
Top