Advertisement
![]() |
भदौ २४, साङ्घाई। चीनको एउटा विश्वविद्यालयले एसियाकै सवै भन्दा बिशाल विवरण अभिलेख (कम्प्युटर डाटाबेस) तयार गर्ने एक महत्वाकांक्षी योजनाको घोषणा गरेको छ ।
सो विश्वविद्यालयले दोस्रो विश्वयुद्धताका जापानले गरेका युद्धअपराध सम्बन्धि सबै विवरण र न्यायिक निरीक्षणसमेत यसमा समाविष्ट गरिने जनाएको छ ।
साङ्घाई जियाओतोेङग विश्वविद्यालयले चीनको नेसनल लाइब्रेरी अफ चाइना र द सेकेण्ड हिस्टोरिकल आर्किभ्स अफ चाइनासँग सहकार्य गरी दोस्रो विश्वयुद्धमा जापानले गरेका युद्धअपराध सम्बन्धि सबै तथ्य तथा अपराधमा संलग्न योद्धाको पूर्ण वैयक्तिक बृत्तान्त कम्प्युटर डाटाबेसमा राख्ने घोषणा गरेको हो।
यद्यपि, यस डाटाबेसमा पूर्व प्रधानमन्त्री तथा सेनाका जर्नेल जस्ता २८ जना क बर्गका अपराधी (क्लास ए क्रिमिनल्स) भनी घोषित व्यक्तिहरुको विवरण भने नराखिने बताइएको छ ।
दोस्रो विश्वयुद्ध पश्चात् एसिया तथा प्रशान्त महासागरका चीन, फिलिपिन्स, अष्ट्रेलिया र न्युजिल्याण्ड लगायतमा पूर्वगठित दर्जनौं युद्ध अपराध निरुपण न्यायालयहरुले अल्पगम्भीर युद्धअपराधमा संलग्न दोषीहरुको न्यायिक जाँच धेरै पहिला नै सकिसकेका थिए ।
दोस्रो विश्वयुद्धका तथ्य तथा ऐतिहासिक सहायक सामाग्रीहरु फरक फरक ढाँचाबाट एसिया तथा प्रशान्त महासागरीय क्षेत्रका बिभिन्न अभिलेखालय, संग्रहालय वा विश्वविद्यालयमा अब्यवस्थित तरिकाले राखिएको हुन सक्ने बताइएको छ ।
धेरै ठाउँमा छरिएर छरपस्ट भएका ठुलो परिमाणका विवरण र सन्दर्भ सामाग्री एकै ठाउँमा सङकलन गरी यस अनुसन्धानात्मक परियोजना सम्पन्न गर्नु चुनौतिपूर्ण रहेको उक्त विश्वविद्यालय अन्तर्गतको टोकियो न्यायिक निरिक्षण अध्ययन केन्द्रका प्रमुख चेङ झाओकिले बताउनु भएको छ ।
कम्युटर डाटाबेसमा राखिने विवरणहरु चाईनीज, अंग्रेजी र जापानीज भाषामा रहने र अध्ययनका लागि सवैलाई खुल्ला गरिने चेङले जानकारी दिनुभयो । रासस÷ सिन्ह्वा
Advertisement
![]() |
Post a Comment