Advertisement
![]() |
अर्थमन्त्री कृष्णबहादुर महरा र पूर्व अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनको मिलेमतोमा भन्सार छली सामान भित्र्याउन थालिएको छ । गत शुक्रवार बिराटनगरबाट ४५ लाख रुपैयाँ भन्सार छली गरी आयात गरिएका २ ट्रक पाइन्ट र ज्याकेट बरामद नगर्न राजश्व अनुसन्धान विभागलाई निर्देशन दिइ महरा र पुनले भन्सार छलीका सामान भित्र्याएका हुन् ।
एभरेष्ट शेर्पा इन्टरनेशनलको नाममा आयात भएको उक्त सामान माओवादी नेता हेम चौलागाई र निलकन्ठ चौलागाईले भित्र्याएका थिए । हेम चौलागाईले बर्षमान पुन मार्फत् भन्सार विभागका महानिर्देशक शिशिर ढुंगाना र राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीलाई दबाब दिएर चेकजाँच नगर्न दवाव दिएका थिए । पुनले त्यसअघि नै अर्थमन्त्री महरासँग सामान छुटाउने विषयमा सल्लाह गरेका थिए ।
हेम चौलागाई बर्षमान पुनका आर्थिक सहयोगी हुन् । माओवादी नेतृत्वमा सरकार बनेपछि बर्षमानले चौलागाईमार्फत तस्करी धन्दा सुरु गरेका छन् । संविधानसभाको गत निर्वाचनमा मोरङ क्षेत्र नं ९ बाट चुनाव लडी पराजीत भएका पुनले चौलागाईंसँग त्यसैबेला देखि आर्थिक साझेदारी विकास गरेका थिए ।
हेम र निलकन्ठ चौलागाईले एभरेष्ट शेर्पा इन्टनरनेशनको नाममा ट्रक नम्बर ना ३ ख ४६५६ र ना ६ ख ७५६ मा ठूला मान्छेले लगाउने ३१ हजार पिस पाइन्ट र ४ सय पिस लार्ज साइजका ज्याकेट आयात गरेका थिए । ट्रयाकसुटलाई ट्राउजर भनेर उनीहरुले भन्सार छलेका हुन् । बिराटनगर भन्सार कार्यालयबाट प्रज्ञापनपत्र नम्बर एम ५४००५, सन् २०१६÷८÷३० (२०७३ भदौ १४)मार्फत दुईवटा ट्रकमा भित्रिएको सामान सामान उनीहरुले छुटाएका हुन् ।
राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी र पथलैयाले पनि माथिकै आदेशमा उक्त सामान चेकजाँच गरेनन् । बच्चाले लगाउने पाइन्टको न्यूनतम मूल्यांकन प्रतिपिस १ अमेरिकी डलर हुन्छ भने ठूला मानिसले लगाउने पाइन्टको ३ डलर प्रतिपिस पर्छ । बिराटनगर भन्सार कार्यालयबाट सामानको विवरणसहित प्रज्ञापनपत्र नम्बर उल्लेख गरी उजुरी पर्दा पनि पुनको दबाबमा उक्त सामान चेकजाँच नभएको हो ।
६ दिनदेखि उक्त सामान सीतापाइलास्थित निलकन्ठ चौलागाईको गोदाममा राखिएको छ । पुनको निर्देशनमा राजस्व अनुसन्धान विभागले भन्सार छलीका सामान चेकजाँच नगरेपछि पीसीएलाई लगाइएको छ ।
पीसीएका प्रमुख लवदेव अधिकारी टोलीसहित भदौ १९ गते अधिकार नै नभए पनि चेकजाँचका लागि सीतापाइलास्थित चौलागाईको गोदाममा गएका थिए । तर हेम चौलागाईले पेशेवर गुण्डा प्रयोग गरी सिल गरेको गाडी चेकजाँच गर्न नदिएपछि पीसीए टोली रित्तो हात फर्किएको थियो । भन्सार विभागसँग प्रहरीको सहयोग मागे पनि नपठाएपछि पीसीए प्रमुख अधिकारी फर्किएका थिए । पीसीए प्रमुख अधिकारीले भन्सार विभाग र राजस्व अनुसन्धान विभागलाई यो जानकारी दिइसकेका छन् ।
राजस्व छली गरी सामान आयात भएको उजुरी परे पनि चेकजाँच नगरिएकोबारेमा राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीले भने भन्सारछली गरी एभरेष्ट शेर्पा फर्मले सामान आयात गरेको जानकारी आफूलाई लिखितरुपमा नआएको वताएका छन् । ZOOM NP
Advertisement
![]() |
Post a Comment