0
Advertisement

हिन्दू महिलाहरुले सप्तर्षिको पूजा गरी आज ऋषि पञ्चमी पर्व मनाइरहेका छन् । पञ्चमी ब्रत बस्ने महिलाहरुले आज बिहानै नजिकको नदी, खोला र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दात माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई नुहाउने गर्छन् । वर्ष भरि घर व्यवहार गर्दा ऋषिहरुको सम्मानमा पूजा पाठ गर्न नभ्याएको र मासिक धर्मको बेला अन्जानमा अनादार भएको हुन सक्छ भनि महिलाहरुले सप्तर्षिको पूजा गर्ने चलन छ ।
आजको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । ऋषिपञ्चमीको अवसरमा काठमाडौँको टेकु स्थित ऋषेश्वर मन्दिरलगायत देशभरका ऋषि मन्दिरमा महिला भक्तजनको घुईंचो लाग्ने गर्दछ । काठमाडौंको टेकुमा रहेको ऋषेश्वर महादेवको मन्दिरमा बिहानै देखि ब्रत बसेका महिलाहरुको भिड लागेको छ । यसका अलावा महिलाहरुले विभिन्न ठाउमा ऋषिपञ्चमीको पूजा लगाई भजन किर्तन गर्ने गर्दछन् ।
Light Nepalबाट

Advertisement

Post a Comment

 
Top