Advertisement
![]() |
एजेन्सी
बच्चालाई यातना दिने परिवारका सदस्य वा सहयोगीबारे हामीले धेरै सुनेका र पढेका छौं । बच्चालाई यातना दिनेमध्ये कोही मानसिक रोगी हुन्छन् भने कोही लागु पदार्थ दुव्र्यवसनी । तर यहाँ जुन कारण दिइएको छ, त्यसले आमाको वात्सल्यप्रति प्रश्नचिन्ह खडा गरिदिएको छ ।
द डेली अलटर्नेटिभ का अनुसार भारतमा घटित यो घटनाले तपाईंमा आतंक र घृणा पैदा गरिदिन्छ । प्रमिला मण्डल नामकी एक ४० वर्षीया ‘जँड्याहा’ महिला आफ्नो दुई वर्षे छोरीको अंगहरु काटिरहेको अवस्थामा भेटिएकी छिन् । उनले आफ्नी अबोध जिउँदो बालिकाको अंगलाई काटिरहेको, ताछिरहेको र खाइरहेको अवस्थामा भेटिएकी हुन् ।
भारती नामकी ती बालिकालाई उनको काका डब्लुले उद्धार गरेका हुन् । बालिका निकै जोडले रोइरहेको सुनेपछि डब्बु बालिका भए ठाउँ पुगदा त्यहाँ उनले प्रमिलाले छोरीको मासु खाइरहेको अवस्थामा भेटेका थिए । उनले भने, ‘दिउँसोको समय थियो र म घरमा आराम गरिरहेको थिएँ । त्यतिबेला मैले भारती निकै जोडले रोएको सुनें । म कुदेर उनी भएठाउँ पुगें र मैले त्यहाँ जे देखें त्यसले मलाई निकै चकित तुल्यायो । भारतीको टाउकोबाट निकै रगत बगिरहेको थियो र प्रमिलाले उनको टाउकोको मासु खाइरहेकी थिइन् । मैले तुरुन्त भारतीलाई प्रमिलाबाट थुतें र माल्डा मेडिकल हस्पिटलमा दौडिएँ । अस्पतालले उनलाई आइसियुमा भर्ना गर्यो ।’
उक्त घटना हावासरी आसपासका क्षेत्रमा फैलियो । स्थानीयहरु प्रमिलाको घर बाहिर जम्मा भए र प्रमिलामाथि हातपात गर्न थाले । प्रमिलालाई हात खुट्टा बाँधेर कुटियो । आफूले किन यस्तो गरेको भनेर उनले सफाई दिन सकिनन् ।
पुलिस आएपछि स्थानीयले उनलाई कुटपिट गर्न रोके । पुलिस र स्थानीयको अगाडि उनले आफ्नो अपराध स्विकार गरिन् । प्रमिलाकी नन्द ममता मण्डलले पुलिसलाई बोलाएको बताइएको छ । पुलिस कृष्णदासले प्रमिलालाई अस्पताल लगिएको जानकारी दिएका छन् ।
ती बालिकाका बुवा हाबु मण्डल, मजदुर, कामको सिलसिलामा दिल्ली गएका थिए । उनका पार्वती र स्वर्ण नाम गरेका अन्य दुई छोरी पनि छन् । रातोपाटीबाट
Advertisement
![]() |
Post a Comment