0
Advertisement

२४ भदौ ।काठमाडौं : काठमाडौंको हनुमानढोकामा रहेका कागेश्वरी महादेव मन्दिरमा आज मेला लागेको छ।
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीको दिन यहाँ मेला लाग्ने गरको छ। वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिर गत वर्षको महाभूकम्पपछि खुलेको थिएन।
भूकम्पले मन्दिरको भौतिक संरचनामा क्षति पुगेको भए पनि आज खुलेकाले मन्दिरमा भक्तजनहरु पुगेका छन्। तर विगत वर्षझैं आज घुइँचो देखिएन।
भाद्र शुक्ल अष्टमीका दिन यो मन्दिरमा दर्शन तथा पूजा गर्नाले पाप नष्ट भई पुण्य प्राप्ति हुने विश्वास छ। घरपरिवारका साथै देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास पनि रहेको छ। स्रोत : पहिलोपोस्ट

Advertisement

Post a Comment

 
Top