0
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताएका छन्। बुधबार बालुवाटारमा भएको रिपोर्टर्स क्लवका प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन । प्रधानमन्त्रीले भने, ‘महंगी बढेको, बजार अनियन्त्रित रहेको र कालोबजारी समेत बढेको कुराप्रति मेरो गम्भीर ध्यान गएको छ । मैले यसलाई नियन्त्रण गर्न र जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छु ।’
प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको पनि पत्रकारहरुलाई जानकारी दिए । अहिलेको चुनौति र अवसरपूर्ण क्षणमा दोस्रोपटक प्रधानमन्त्री भएकाले संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने आफ्नो मूख्य जोड रहेको बताए ।
प्रधानमन्त्रीले भने, ‘विगतका तीता मिठा अनुभवबाट निष्कर्ष निकालेर परिणाममूखी काम गर्नेछु । आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिनेछु ।’

Advertisement

Post a Comment

 
Top