0
Advertisement

भदौ २३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाली किशोरीहरुलाई शिक्षामा पहुँच बढाउन कार्यक्रम लागु गर्ने घोषणा गरेका छन् ।
आशियान सम्मेलनमा बोल्दै ओबामाले अमेरिकी प्रथम महिला मिसेल ओबामाले शुरु गरेको कार्यक्रमलाई नेपाल र लाओसमा बिस्तार गर्ने घोषणा गरे ।
“मिसेल र मेरा लागि निकै महत्वपूर्ण कार्यक्रम लेट गर्ल्स लर्न नेपाल र लाओसमा सुरु हुनेछ,’ ह्वाइटहाउसद्वारा जारी ओबामाको भाषणमा भनिएको छ” ‘कुनै पनि देश त्यहाँको पुरुषहरु सरह किशोरी र महिलाहरु पनि सशक्त नभई अगाडि बढ्न सक्दैन ।”
किशोलीलाई पढ्न देउ’ कार्यक्रम सन् २०१५ मार्चबाट सुरु भएको कार्यक्रम हो । सामाजिक, आर्थिक कारणले शिक्षा लिन नपाएका किशोरीहरुलाई फेरी पढाईलाई निरन्तरता दिन यो कार्यक्रमले सहयोग गर्ने बताइन्छ ।”
नेपाल र लाओस् यो कार्यक्रम विस्तार हुने पहिलो एसियाली देश हुन् ।
Image

Advertisement

Post a Comment

 
Top