Advertisement
![]() |
काठमाडौं २४ भदौ–पछिल्लो समय तीर्थब्रतमा लागेका पूर्वयुवराज पारस शाहले काठमाडांैको दक्षिणकालीमा विशेष पूजाअर्चना गरेका छन् । पूर्वयुवराज्ञी हिमानीले सोही स्थानमा पूजा गरेको एक महिनापछि पारसले पनि बिहिवार पूजा गरेका हुन् । दाह्री कपाल पालेका र ‘गेरुवस्त्र’ लगाएका पारसले दक्षिणकालीमा पूजागर्दा सँगै रहेका एक व्यक्ति मन्दिर अगाडी कामीरहेका थिए भने अर्का एक साधुसन्तझैँ देखिने व्यक्ति पारसको नजिकै उभिएका थिए ।
त्यस्तै मन्दिर जाने क्रममकै पारसले चोभारको जलविनायक मन्दिरमा प्रसाद ग्रहण गरेका थिए । पूर्वयुवराज दक्षिणकाली जाँदा स्थानियवासीको मन्दिरमा भीड लागेको थियो । यसअघि पारस सुदुरपश्चिमको खण्डत क्षेत्रमा जोगीहरुका साथमा देखिएका थिए । लामो समय थाइल्याण्ड बसेर गतवर्ष नेपाल आएका पारस पछिल्लो समय धर्मकर्ममा आकर्षित भएका छन् ।
Advertisement
![]() |
Post a Comment