Advertisement
![]() |
बियर पिउनु नराम्रो हो भन्ने हाम्रो समाजको बुझाई छ। बियर पिउदा यसले स्वास्थ्यलाई फाइदा गर्छ भन्दा हास्यास्पद लाग्न सक्छ। तर ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानले सिमित मात्रामा नियमित बियर पिउनाले स्वास्थ्यमा लाभ पुग्ने बताएको छ ।
ओरेगन विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका अनुसार बियर पिउँदा हामीलाई ९ प्रकारका फाइदा हुने कुरा बताएका छन् ।
फाइदाहरु निम्न प्रकारका छन् :
1. बियर पिउनाले मृगौलामा पत्थरी हुने संभावना कम हुन्छ । प्रत्येक दिन एक वा दुई गिलास बियर पिउनाले पत्थरी हुने संभावना ४० प्रतिशतले घट्ने गर्दछ । पत्थरीमा हुने मुख्य तत्वलाई वियरले घोलेर पिसाबसँग बाहिर फालिदिने हुनाले पत्थरीको संभावना कम हुन्छ ।
2. बियर पिउन हो भने ह्दयघातबाट बच्न सकिन्छ । आर्टरीमा भएको बोसो तथा कोलेस्टरोल हल्का मात्रामा वियर खाने हो भने कम हुन्छ ।
3. स्ट्रोकको खतरालाई पनि बियर खाने हो भने कम गर्न सकिन्छ । विशेषगरी रगत जमेर दिमागमा अक्सिजन तथा रगत सञ्चार नहुने खतराबाट ठिक्क मात्रामा बियर लिने हो भने कम हुन्छ ।
4. हाम्रो शरीरमा भएका हाडलाई बलियो र मजवुत पार्ने काममा बियरले सहयोग गर्दछ । हाडलाई मजवुत गर्ने तत्व भनेको सिलिकन हो जुन बियरमा अत्याधिक मात्रामा पाइन्छ ।
5. मधुमेहका बिरामीलाई बियर निकै हितकर मानिन्छ । दिनमा एक गिलास बियर खानाले टाइप २ नामको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।
6. अल्जेमेयर वा सम्झने क्षमता कम भएका मानिसलाई बियर लाभदायक मानिन्छ । हाम्रो वौद्धिक क्षमता ह्रास हुनबाट पनि यसले बचाउँछ । सही मात्रामा बियर खानाले हाम्रो दिमागमा रक्तसञ्चार भइरहने हुन्छ जसले गर्दा दिमागमा भएका रासायनिक तत्वमा सकरात्मक प्रभाव पर्दछ । विशेषगरी सिलिकनले अल्जेमेयरको मुख्य कारक तत्व आल्मुनियमबाट दिमागलाई बचाउँछ ।
7. निन्द्रा नलाग्ने समस्याबाट पीडितका लागि बियरले औषधिको काम गर्दछ । दिमागमा डोपामाइन कम भएपछि मानिसलाई तनाव हुने र निन्द्रा नलाग्ने गर्दछ । केवल एक चम्चा बियर खाने हो भने डोपामाइनको मात्रा बढ्दछ जसले गर्दा मानिसले हल्का तथा आनन्द महसुुस गर्दछ ।
8. राती आँखा नदेख्ने मानिसलाई बियर अमृत नै मानिन्छ । तर यसको मात्रा भने ठिक्क हुनु आवश्यक छ । आँखामा भएको माइक्रोकोन्ड्रिय खराब भएपछि मानिसले आँखा देख्दैनन् । आँखामा भएको यस भागलाई स्वस्थ राख्न बियरमा भएको एन्टिअक्सिडेन्टले निकै ठूलो भूमिका खेल्दछ ।
9. बियरले क्यान्सर हुने जोखिमलाई पनि कम गर्दछ । यसमा भएका केही तत्वलाई क्यान्सर तथा शरीर दुख्ने अन्य रोगसँग लड्नका लागि प्रयोग गर्न सकिन्छ । बियरमा हुने ह्युमुलोन्स तथा लुपुलोन्स नामक एसिडले हाम्रो शरीरमा ब्याक्टेरियाको वृद्धिलाई रोक्दछन् भने तथा रोग लाग्नबाट पनि बँचाउछन् । साथै यी तत्वले क्यान्सरलाई पनि नियन्त्रण गर्ने गर्दछन् । लाइटनेपालबाट
Advertisement
![]() |
Post a Comment