0
Advertisement

भाद्र २४, काठमाडौं । ‘अन्तरिक्षमा पहिलो सेल्फी मेरो हो,’ अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनले सुनाए, ‘मेरो पहिलो अन्तरिक्ष अभियानको क्रममा पृथ्वीलाई पृष्ठभूमिमा मैले पहिलो सेल्फी क्लिक गरेको थिएँ । त्यसपछि नै अरुले सेल्फि लिन थालेका हुन् ।’
जिमिनी १२ यानबाट पृथ्वीलाई फन्को मार्ने क्रममा ५० वर्षअघि नै सेल्फी खिचेका थिए । सो यानले १७ हजार माइल यात्रा गरेको थियो ।
तर एलिड्रनले अन्तरिक्षको पहिलो सेल्फीभन्दा ठूलो उपलब्धि तीन वर्षपछि प्राप्त गरे ।
नेपाल भ्रमणमा रहेका एल्ड्रिनले एभरेस्ट साइन्स सेन्टरले प्रज्ञा प्रतिष्ठानको सभाहलमा विहिबार गरेको कार्यक्रममा सम्बोधन गर्दै व्यक्तिगत जीवन, अध्ययन, लडेको युद्ध र अन्तरिक्ष यात्राबारे बताएको छ ।
-नागरिक दैनिक

Advertisement

Post a Comment

 
Top