0
Advertisement

अस्ट्रेलियाको दक्षिण पश्चिम मेक्वरी आयरल्याण्डमा आज ६.३ रेक्टर स्केलको भुकम्प गएको छ । तर, अधिकारीहरुले भुकम्पले कुनै नोक्सानी नगरेको बताएका छन् ।
यस आयरल्णडमा एउटा सानो अटार्टिक बेस रहेको छ । युएस जियोलोजिकल सर्वेले दिएको जानकारी अनुसार भुकम्प ६.३ रेक्टर स्केलको रहेको थियो ।
भुकम्पको केन्द्र मेक्वेरी आयरल्याण्डबाट २९ किलोमिटर पर रहेको बताइएको छ । अस्ट्रेलिया र अंटार्टिकबिच प्रशान्त महासागरमा करिब १० किलोमिटरको गहिराईमा रहेको छ ।
अष्ट्रेलिया अंटार्टिक डिभिजनका प्रवक्ताले भनेका छन्,‘हामी अंटार्टिक बेसको सम्पर्कमा रहेका छौ । भुकम्पका झट्काहरु महसुस भएका छन् । तर, यहाँका मानिसहरु सुरक्षित रहेका छन् । यहाँ कुनै हानी नोक्सानी भएको छैन ।’

Advertisement

Post a Comment

 
Top