0
Advertisement

रसियाको औद्योगिक क्षेत्र नजिकै रहेको एक नदी एकाएक रगतजस्तो रातो बग्न थालेको छ । तर यो कुनै श्राप वा अपशकुनको लक्षण होइन । यसको कारण कारखानाबाट निस्कने विभिन्न रसायन हुनसक्ने विभिन्न स्रोतले बताएको छ ।
नदी रगतजस्तो रातो भएपछि रसियाको नोरिल्स्कका स्थानीयले बुधबार यसका विभिन्न तस्बिरहरु इन्स्टाग्राममा राखेका थिए । यस्तो हुनुका पछाडि सटिक वास्तविकता थाहा नभएको स्रोतले बताएको छ ।
इबेरियन टाइम्सको रिपोर्ट अनुसार नदीको रङमा परिवर्तन भएको यो पहिलो पटक होइन, यसभन्दा पहिले धेरै पटक रगत पूरै रातो रङमा बगेको थियो । नजिकै रहेको निकेल फ्याक्ट्रीबाट निस्किएको प्रदुषणले नदीको रङ परिवर्तन भएको विश्वास गरिन्छ ।
नोरिल्स्क निकेल नामक उक्त फ्याक्ट्रीले भने नदीको रङमा परिवर्तन हुनुमा उनीहरुको केही पनि दोष नरहेको बताएका छन् । यद्यपी रसियाली सरकारले उक्त फ्याक्ट्रीको पाइपलाइनबाट प्रदुषण लिक हुँदा यस्तो भएको बताएको छ भने चाँडोभन्दा चाँडो अनुसन्धान गरी ठोस् निर्णयमा पुग्न आदेश दिएको छ ।

Advertisement

Post a Comment

 
Top