Advertisement
![]() |
भाद्र २३, काठमाडौं ।
तपाईको श्रीमान ढिलो घर फर्कनुहुन्छ ? अनि श्रीमानको कुरा वा व्याबहारबाट दिक्क हुनुहुन्छ र घरपरिवार डामाडोल भएको जस्तो लाग्छ भने यी कुरालाई ध्यानमा राख्नुस् । सधै ढिला आउँदा तपाईलाई अरु कसैसँग नजिकिएको जस्तो लाग्न सक्छ ,पतिप्रति तपाईको थोरै शंका भनेको तपाइले माया गर्नुहुन्छ भन्ने हो तर कतिपय अवस्थामा केटा मान्छेहरुले यो कुरा बुझ्दैनन् ।
१. सत्य कुरा पत्ता लगाउन आवश्यक छ
यदि पति ढिलो आउछ भने तपाई उसलाई गालि गर्नुभन्दा पहिला राम्रोसँग कुरा गर्नुहोस् किनभने अधिकांश सम्बन्धहरु संवादको अभावमा बिग्रिएका हुन्छन् । यसकारण पनि अफिसका काम , समस्या ,सुख दुख सबै कुरा सुन्ने कोसि गर्नुहोस्
२. आफ्नो कुरा रचनात्मक तरिकाले राख्नुहोस
आफ्नो कुरा राख्ने तरिकामा धेरै ख्याल राख्नु पर्छ किनकी मानिसको मुड सबै समयमा एउटौ खालको हुदैन् । यो मानवीय स्वभावनै हो । उसको मुडलाई ध्यान राख्दै कुरा अघि बढाउनुहोस् । कतै एउटै कुरा वारम्वार सोधिरहनु भएको त छैन यसले मानिसलाई झर्को लाग्छ , यस्तोमा आफ्नो कुरा वाताबरण हेरेर राख्नुहोला । यदि साथिभाईको लहैलहैमा लागेर ढिला आएको भए राम्रोसंग सम्झाउनुस् ।
३. घरको पनि जिम्मेवारि हुन्छ
यदि पति सधै घर ढिलो आएमा आपm्नो घरको समस्याको बारेमा पनि जानाकारी गराउनुहोस् यसले घरको समस्याको बारेका पनि जानाकारी हुन्छ र जिम्मेवारीको बोध हुन्छ । ४. सिकाउन पनि आवश्यक छ यदि तपाईले बारम्बार सम्झाउदा पनि मान्ने अबस्था नरहेमा तपाईले केहि कुरा सिकाउन पनि जरुरि छ , कसरी सिकाउनुहुन्छ त्यो तपाईको हातमा छ ।
Advertisement
![]() |
Post a Comment