0
Advertisement

बलिउड अभिनेता साहिद कपुरले पहिले नै तय भएका केही कार्यक्रम पनि २७ अगस्टबाट रद्द गरे । यसको कारण हो– उनी बाबु बन्नु । तर, साहिद र पत्नी मिराले यसको तयारी पहिले नै गरेका थिएनन् ? यो प्रश्न अहिले भारतीय मिडियामा हेडलाइन बनिरहेको छ । यसको कारण हो– उनीहरूले अहिलेसम्म छोरीको नाम नराख्नु ।
साहिदलाई सामाजिक सञ्जालमा उनका प्रशंसकले सोधिरहेका छन्– छोरीको नाम के राख्नुभयो ? हामीलाई थाहा दिनुहोस् न । तर, साहिदले यस विषयमा केही बोलेका छैनन् । छोरीको जन्मपछि साहिदले भनेको एउटै कुरा हो– म छोरीको फोटो मिडियामा दिन्नँ । साहिदको यही प्रतिबद्धताका कारण हुनुपर्छ, उनकी छोरीको फोटो मिडियामा आएको छैन ।

Advertisement

Post a Comment

 
Top