0
Advertisement

२२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गाउँ नै पिच्छे गाउँपालिका बनाइनुपर्ने धारणा ब्यक्त गरेका छन् ।
कांग्रेस नेता पौडेलले स्थानीय तहको पुनर्संरचनाका लागि गठित आयोगले जनसंख्यालाई आधार मानेर अहिले गरेको प्रस्ताव निकै अव्यवहारिक रहेको भन्दै जनतालाई सरकारी सेवा सरलरुपमा उपलब्ध गराउन गाउँगाउँमा गाउँपालिका बनाइनुपर्ने धारणा राखे ।
‘लमजुङदेखि सदनसम्मः लेखनाथ अधिकारी’ नामक कृतिको बुधबार काठमाडौमा लोकार्पण गर्दै कांग्रेस नेता पौडेलले आयोगले बनाएको जनसंख्याको मापदण्ड गाउँपालिकाको मर्मविपरित रहेको बताए ।
उनले नेपालका गाउँहरु नै ठूलो आकारका रहेको भन्दै धेरैवटा डाँडाकाँडा मिलाएर गाउँपालिका बनाउने आयोगको प्रस्ताव स्वीकार गर्न नसकिने प्रष्ट पारे
कांग्रेस नेता पौडेलले गाउँको विकास गर्ने विषयलाई कुनै राजनीतिक दलका शीर्ष नेताले पनि गम्भीरतापूर्वक नलिएको र त्यसकै परिणाम आयोगले गाउँपालिकाको संख्या ५ सय ६५ बनाउन प्रस्ताव गर्ने हिम्मत गरेको आरोप लगाए ।
२०७३ भदौ २२ गते १६:२१ मा प्रकाशित

Advertisement

Post a Comment

 
Top