0
Advertisement

एजेन्सी- बलिउड सुन्दरी माधुरी दीक्षित बिरामी परेकी छन् । उनलाई उपचारका लागि अमेरिकातर्फ लगिएको बताइएको छ ।उनलाई सुरुको अवस्थामा काँध दुख्ने समस्या देखिएको थियो । जसका लागि भारतमै उपचार गरेपनि निको नभएर गम्भीर अवस्था देखिएपछि अमेरिकातर्फ लगिएको छ । द टाइम्स अफ इन्डियाका अनुसार उनले ‘झलक दिखल आजा’को अर्काे संस्करण छाड्नु परेको कारण पनि उनी बिरामी पर्नु हो ।
माधुरीका श्रीमान डा श्रीराम नेने अमेरिकामै चिकित्सा पेशा अपनाइरहेका छन् । केही समय अमेरिका नै बसेकी उनी पछि भारत फर्किएकी हुन् । भारत आएर उनी फेरि अभिनयकर्ममा सक्रिय भएकी थिइन् । उनले फिल्म फिल्म ‘डेढ इस्किया’ र ‘गुलाबी ग्याङ’ मा अभिनय गरेकी छिन् भने रियालिटी शोमा पनि देखिएकी थिइन् ।

Advertisement

Post a Comment

 
Top