0
Advertisement

भदौ २१। काठमाडौं– लामो समयपछि सोमबार दोलखा केन्द्रबिन्दु भएर दुई भूकम्पको धक्का गएको छ ।
सोमबार बिहान ६ बजेर २२ मिनेट जाँदा ४.१ र ७ बजेर ४९ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रले साउन १२ यता पहिलो पटक सोमबार दुई ओटा भूकम्पको धक्का गएको जनाएको छ ।
केन्द्रले सोमबारको भूकम्पपनि गतवर्षको गोरखा भूकम्पको पराकम्प भएको भन्दै अहिलेसम्म सो भूकम्पछि चार रेक्टरस्केलमाथिका ४६५ ओटा पराकम्पहरु गइसकेको जनाएको छ ।साभार: रातोपाटी

Advertisement

Post a Comment

 
Top