Advertisement
![]() |
भदौ १७, काठमाण्डौ। बसिरहेका एक सुन्दर युवालाई जोगीको भेषमा छेउमै रहेका पाका व्यक्तिले खुट्टा उचालेर निधारमा टसाए। धेरैले कुनै बह्माण वा जोगीले ढोग्न लगाएछ भन्ने सोचे भने बाबा रामदेबले कस्तो हैकत देखाएछन् भनेर लख काटे।
कतिपयले भने कुनै बुबाले छोरालाई खुट्टा ढोगाएको होला भनेरै लख काटे र, शेयर समेत गरे। बास्तवमा ती बुबा र छोरा नै थिए। देख्दा रामदेव जस्ता देखिने व्यक्ति हुन् हरिवंश आर्चाय र उनका छोरा मोहित आर्चाय। उनै मोहितले उक्त फोटो विहिबार विहान सामाजिक संजालमा हालेपछि भाईरल बनेको हो।
फोटो केही वर्ष पहिले एउटा विज्ञापन सुटिङको क्रममा खिचेको हरिवंश आर्चायले बताए। उनका अनुसार फोटो पुरानै हो। आज सामाजिक संजालमा भाईर बनेपनि कमैले मात्रै उक्त फोटो चिनेका छन्।
Advertisement
![]() |
Post a Comment