Advertisement
![]() |
काठमाडौं, १७ भदौ । डेढ वर्षअघि गएको शक्तिशाली भूकम्पले ध्वस्त भएको रानीपोखरीको पुनःनिर्माण रोक्न संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले नेपाल सरकारलाई पत्र पठाएको छ । युनेस्कोको पत्रपछि एकसाताअघि देखि नै रानीपोखरीको पुनर्निर्माण कार्य रोकिएको छ ।
पुरातात्विक महत्वको संरचनाहरुलाई सोही मापदण्डअनुसार निर्माण गर्नुपर्ने पुरातत्व विभागले पनि निर्देशन दिएको थियो । तर भूकम्प प्रतिरोधात्मक बनाउनका लागि पुरातत्व विभागको मापदण्डविपरीत रानीपोखरीको काम हुन थालेपछि पुनःनिर्माण रोक्न सरकारलाई पत्राचार गरेको हो ।
पुरातात्विक महत्वको प्राचीन सम्पदा रानीपोखरी पुनर्निर्माण सही ढंगले नभएको भन्दै युनेस्कोले एक साताअघि सरकारलाई पत्र पठाएको थियो । युनेस्कोको पत्र प्राप्त भएपछि एकसाताअघिदेखि रानीपोखरीको पुनर्निर्माण कार्य रोकिएको हो । रानीपोखरी मन्दिरको पुनर्निर्माणको काम पुराततत्व विभागको प्रत्यक्ष रेखदेखमा गर्न उसले सुझाव दिएको छ ।
पुरातात्विक संरचनाहरुको निर्माणमा सिमेन्ट, ढुंगा, रोडा, गिटीलगायत कंक्रिटहरू प्रयोग गर्न पाइँदैन । रानीपाेखरी निर्माणमा सिमेन्ट, कंक्रिट, राेडा तथा छड प्रयाेग गरी पिल्लर ठड्याइएकाे छ । परम्परागत निर्माण सामग्री प्रयोग नगरी अत्याधुनिक सामग्री प्रयोग गरिएमा विश्व सम्पदा सूचिमा नरहने समेत चेतावनी आइसकेको छ ।
काठमाडांैभित्रका रानीपोखरीसहित सांस्कृतिक सम्पदाहरू काष्ठमण्डप, मजुडेगा र हनुमानढोका दरबार स्क्वायर संग्रहालय लगायतका संरचनाहरु पुरानै मापदण्डअनुसार निर्माण गर्नुपर्ने पुरातत्व विभागले पनि जनाएको छ । तर पहिलेकै जस्तो परम्परागत निर्माण सामग्री अहिले उपयुक्त नहुने अधिकारीहरुको भनाइ छ ।
Advertisement
![]() |
Post a Comment