0
Advertisement

एप्पलले ७ सेप्टेम्बरमा आईफोन ७ र आईफोन ७ प्लस लन्च गर्ने तयारी गरेको छ। यो पटक आईफोन आफ्नो फिचरको कारण नभई मूल्यको कारण चर्चामा छ। चीनको एक रिपोर्ट अनुसार आईफोन ७ र आईफोन ७ प्लसको मूल्यको खुलासा भएको छ।
फोनराडारको एक रिपोर्ट अनुसार आईफोन ७ र आईफोन ७ प्लस तीन प्रकारमा बजारमा आउने आशा गरिएको छ। ३२ जीबी, १२८ जीबी र २५६ जीबी स्टोरेज क्षमता सहित आईफोन रिलिज हुनेछन्।
आईफोन ७ (३२ जीबी) को मूल्य ५२८८ युआन (करिब ८५ हजार रुपैयाँ)
१२८ जीबीको मूल्य ६०८८ युआन (करिब ९८ हजारु रुपैयाँ)
र २५६ जीबी मेमोरी भएको आईफोन ७ को मूल्य ७०८८ युआन (करिब १ लाख १४ हजार रुपैयाँ) हुने अनुमान गरिएको छ।
आईफोन ७, ४.७ इन्चको 3D टच डिस्प्ले सहित र आईफोन ७ प्लस ५.५ इन्च डिस्प्ले सहित रिलिज हुनेछन्।
आईफोन ७ मा A10 प्रोसेसर र २ जीबीको र्याम अनि प्लसमा ४ जीबीको र्याम हुने अनुमान गरिएको छ।

Advertisement

Post a Comment

 
Top