0
Advertisement

भदौ १७, वासिङ्गटन। गत मङ्गलबार सिरियामा भएको अमेरिका नेतृत्वको हवाई आक्रमण लामो समयदेखि इस्लामिक स्टेट (आइएस) को प्रवक्ता अबु मोहमद अल आदनानी लक्षित भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

“हवाई आक्रमणको नतिजा हामी अझै मूल्याङ्कन गरिरहेका छौं र रणभूमिबाट अदनानी हट्नु भनेको आइएसलाई थप एउटा ठूलो धक्का पुग्नु हो” आतङ्ककारी समूहका एकजना अर्को नाइकेलाई पनि प्रहारको लक्ष बनाउने शैलिमा पेन्टागनका प्रवक्ता पिटर कुकद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

यसैबीच आइएसको समाचार प्रसारण संस्था अमाकले अलेप्पो युद्धभूमिमा दुश्मन सेनाको भयानक आक्रमणको प्रतिकार गर्दागर्दै आफ्ना प्रवक्ता मारिएको पुष्टि गरेको छ ।

उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तको एउटा गाउँमा जन्मेका अदनानीले सन् २००३ मा इराकविरुद्ध अमेरिकी नेतृत्वमा बहुराष्ट्रिय सेनाद्वारा सञ्चालित युद्धमा प्रतिकार गर्ने पहिलो विदेशी समूहको नेतृत्व लिएका थिए । रासस ÷सिन्ह्वा

Advertisement

Post a Comment

 
Top