0
Advertisement
भदौ १७, काठमाण्डौ। फिल्म ‘ए दिल है मुस्किल’को ट्रेलर सार्वजनिक भएपछि बलिउडमा यसको चर्चा पनि व्यापक भएको छ । पहिले यो फिल्ममा ऐश्वर्या राय बच्चन र रणवीर कपुरको ‘हट सिन’ छ भनेर प्रचार गरियो ।

ती दृश्य हटाउन अमिताभ बच्चनले नै करणलाई फोनमा अनुरोध गरेको कुरा पनि बाहिर आयो ।अमिताभको अनुरोधमा फिल्मबाट ती दृश्य त हटाइयो, तर ट्रेलर हेरेपछि ऐश्वर्याका ससुरा अमिताभ अझै रिसाइरहेको रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

यही कारण अमिताभ, अभिषेक र ऐश्वर्याबीच घरमा भनाभन भएको पनि भारतीय गसिप साइटहरूले प्राथमिकताका साथ छापेका छन् । ऐश्वर्याको अभिनय चित्त नबुझेकाले नै अमिताभले यो फिल्मबारे केही टिप्पणी नगर्ने पनि बताएका छन् ।

Advertisement

Post a Comment

 
Top