0
Advertisement
भदौ १७, काठमाण्डौ। करिना अहिले गर्भवती छिन तर उनि यस्तो अवस्थामा पनि काम गरिरहेकी छिन। ‘म काम गर्ने महिला हुँ र काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘गर्भवती हुनु भनेको कामै नगर्नु होइन, काम पाउँदासम्म म गरिरहनेछु ।’ उनले आफूले पर्याप्त आराम पनि गरिरहेकाले यसबारे अरूले चिन्ता लिनुनपर्ने पनि बताइन् ।

अप्ठ्यारो शारीरिक अवस्थाका कारण महिलाले कतिपय काम गर्न नसक्ने भए पनि यो अवस्थालाई जटिल रोग नै लागेजस्तो ठान्नु मूर्खता भएको करिनाको भनाइ थियो । हालै सम्पन्न ल्याक्मे फेसन विक २०१६ मा सो स्टपरका रूपमा उपस्थित हुँदा करिनाले यस्तो बताएकी हुन् । हालै ‘की एन्ड का’ फिल्ममा देखिएकी करिनालाई दर्शकले ‘र्याभम्पमा हिँडिरहँदा बच्चाले किक गर्यो कि गरेन ?’ भन्दै सोधेका थिए ।

Advertisement

Post a Comment

 
Top