0
Advertisement

काठमाडौं, कलाकार जोडी सीताराम कट्टे धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई यतिखेर नमुना बस्ती निर्माणको चटारो छ । वर्षायामसमेत सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तलीलाई एक महिनाभित्र ६५ वटा घर बनाइसक्नुपर्ने चुनौती छ ।
किनभने आगामी दसैंसम्ममा उनीहरूले भूकम्पपीडित ६५ घरपरिवारलाई नमुना घर हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन् । यतिखेर एकीकृत नमुना बस्तीको काम आधाभन्दा बढी सकिइसकेको छ ।
घरको पर्खाल लगाउने काम करिब करिब सकिसकेको र अब छानो लगाउने काम छिट्टै सुरु हुने धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । यतिखेर दिनरात नभनी नमुना बस्तीको काम भइरहेको उनको भनाइ छ । एकीकृत नमुना बस्ती पाँच करोड बढीको लागतमा बन्दैछ । हेर्नुहोस फोटोमा
Medianp

Advertisement

Post a Comment

 
Top