Advertisement
![]() |
काठमाडौँ। मानिसहरु सोच्छन्, कम सम्भोग गर्ने महिलाहरुको यौनाङ्ग कसिलो हुन्छ र बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ ।तर यस्तो सोचाई केवल भ्रम मात्र हो । महिलाको गुप्तांग यौन सम्पर्कपछि पहिलाकै अवस्थामा फर्कन्छ ।
यहाँसम्म कि बच्चा जन्माएपछि पनि यौनाङ्ग पहिलाकै अवस्थामा फर्कन्छ । जीवनमा केवल दुईपटक यस्तो हुन्छ जतिबेला यौनाङ्गको आकार लामो समयसम्म परिवर्तन हुन्छ । पहिलो पटक बच्चा जन्माएपछि । एक अध्ययनका अनुसार, बच्चालाई जन्म दिएपछि योनीको मांशापेसी पहिलाकै अवस्थामा आउन कमसेकम ८ महिनाको समय लाग्छ ।’ दोस्रो पटक योनीले आकार उमेर ढल्किएसँगै बदलिन्छ ।
वास्तवमा, उमेर बढ्दै जाँदा महिलाहरुको हर्मोनहरुमा परिवर्तन आउँछ ।(उमेर बढ्दै जाँदा यौनांगको भित्ता बाक्लो हुन्छ र कम लचिलो पनि ) यसले गर्दा यौनांगको मसल्स खुकुलो हुनजान्छ । उचित अभ्यासबाट मांशापेसीको खुकुलोपनामा सुधार गर्न सकिन्छ । केही योगासनबाट तपाईंको शरीरमा चामत्कारित परिवर्तन ल्याउन सकिन्छ, जसबाट मानिसहरुले तपाईंको उमेर के हो भनेर पत्तै पाउँदैनन् ।
अर्को महत्वपूर्ण कुरा के हो भने यौन सम्पर्कको बेला यदि यौनाङ्ग कसिलो पाइयो भने यसको अर्थ एउटै हुन्छ, तपाईंको पार्टनर यौन सम्पर्कको लागि तयार छैनन् ।
Advertisement
![]() |
Post a Comment