Advertisement
![]() |
भाद्र १८, कुवेत / नेपाली नारीहरुको महान पर्ब हरितालिका तिज-२०७३का अबसरमा आयोजित तिज बिशेष कार्यक्रम कुवेतमा रहेका नेपाली नारीहरु र कुवेती पाहुना नारीहरुले छमछमी नाँचेर सम्पन्न भयो।नेपाल कुवेत साँस्कृतिक मञ्चले सेप्टेम्बर-२ शुक्रबार कुवेतको खैतान स्थित राजधानी होटलमा निशुल्क रुपमा तिज बिशेष साँस्कृतिक कार्यक्रम सहित समुहिक दर खाने कार्यक्रम आयोजना गर्दै उक्त अबसर प्रदान गरेको हो।
नेपाली दुताबास कुवेतका महामहिम धर्म पत्नी रिता हमालको प्रमुख आतिथ्य, एनआरएन कुवेतका अध्यक्ष अर्जुन तामाङ, दुताबास कर्मचारीहरुका धर्म पत्नीहरु, ह्युम्यान लाइन अर्गनाइजेशन(कुवेती नागरिकहरुले विश्वका साँस्कृतिक आदान-प्रदानका लागि खोलिएको संस्था)का कुवेतीहरु, आईसिसी कोर्डिनेटर सुजन केसि, पत्रकार महासंघ कुबेत शाखा अध्यक्ष हरि कृष्ण न्यौपाने, मालाबार गोल्ड एण्ड डाइमेन्डका बिजनेस मेनेजर बिपिन, TVS कार्गो कुवेतका डम्बर जङ मल्ल,फुड च्वाइस ग्रुप-सुसन गौतम लगायत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु अतिथीका रुपमा निम्त्याइएका थिए भने कुवेतमा रहेका नेपाली चेलीहरु आफ्नो परम्परा अनुसारका नेपाली सारी-चोलीमा सजिएर आएका थिए।आयोजक नेपाल कुवेत सास्कृतिक मञ्चका अध्यक्ष एबम लोक गायक माधव शर्माले सभापतित्व गरेको तिज बिशेष कार्यक्रमको लोक गायक सागर खड्काले सन्चालन गरेका थिए।त्यसै गरी बिदेशी पाहुनालाई यूएयी एक्स्चेन्जका राम बस्नेतले स्वागत गरेका थिए।
कुवेतको मरुभुमीमा पनि तिजका गीतहरुमा नाच्दै दर खान र आत्मियता साटासाट गर्न नेपाली चेलीहरुको खचाखच उपस्थिती रहेको थियो। उनिहरुले नेपालकै झल्को मेटिने गरी रातो सारी,चोली अनी छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका पोते, चुरा लगाएतले सिंगारिदै कार्यक्रम अबधीभर कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम सम्म नाचेका थिए।कार्यक्रम हलमा उपस्थित चेलीहरु नेपाल कुवेत साँस्कृतिक मन्चका कलाकारहरुको गीत तथा नाचहरुमा रमाउदै नाचेका थिए।
यसै बिच ह्युम्यान लाइन अर्गनाइजेशन(कुवेती नागरिकहरुले विश्वका साँस्कृतिक आदान-प्रदानका लागि खोलिएको संस्था)का अब्दुल रहमानले नेपाली टोपीमा मन्चबाट नेपालीमै नमस्ते, तपाईंलाई सञ्चै छ भनी सम्बोधन गर्दा तालीको बर्षा भएको थियो।सांस्कृतिक मन्चका पूर्व अध्यक्ष एबं अहिलेका बरिष्ठ सल्लाहाकार टिकाराम आचार्यले सबैलाई स्वागत गरेका थिए।कार्यक्रममा ह्युम्यान लाइन अर्गनाइजेशनबाट आएका कुवेती महिलाहरुलाई प्रमुख अतिथीले खादा लगाएर स्वागत गरिएको थियो भने कुवेती पुरुषलाई नेपाली टोपीले सम्मान गरिएको थियो। पुर्बेलीन्युजबाट
Advertisement
![]() |
Post a Comment