Advertisement
![]() |
यसलाई अंग्रेजिमा तारो भनिन्छ। पात डाँठ र जमिन मुनि हुने जरा, जसलाई पिडाँलु भनिन्छ। जुन तरकारीको रुपमा उपयोग हुन्छ। कर्कलोका बिभिन्न जात हुन्छन् र सबै जात खान योग्य हुदैनन्।
खान योग्य जात पनि राम्रोसँगपकाउन नजाने कोक्याउने हुन्छ। कर्कलोमा धेरै प्रकरका तत्वहरु पाइन्छन् जुन हाम्रो शरिरको लागि अति उपयोगि हुन्छ।
उत्तरपूर्बि एशियाको रैथाने यो तरकारी नेपाल, भारतदेखि लिएर उत्तरि अमेरिकासम्म पाइन्छ।
कर्कोलोमा पोटासियम, फोस्फोरस, मग्नेसियम, मङानेसे र कपर भरपुर मात्रामा पाइन्छ। यी बाहेक यसमा क्याल्सियम भिटामिन सि, ई र बि पनि उत्तिकै पाइन्छ। त्यस्तै यसको जरा पिंडालुमा भिटामिन ए, सि र फाइबर प्रचुर मात्रामा पाइन्छ।
यस्ता बिभिन्न खनिज पदार्थले भरिएको यस कर्कलोको के छन् त फाइदा,आउनोहोस जानौं
१ रक्तचाप र मुटुको रोगलाई फाइदा
पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ। यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ। यसमा भएको फाइबर र कार्बोहाइड्रेतले रक्त प्रबाहलाई सरल बनाउछ र तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ।
२. क्यान्सर
पिंडालुमा प्रचुर मात्रामा भिटामिन सि,ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरुलाई निकालेर फ्याक्न मदत गर्छ र फेरि बढ्न दिदैन।
३.मधुमेह
पिडालुमा पाइने फाइबर र पोटासियमले मधुमेहको रोगिमा सुगर लेबल इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेर सुगर बढ्नबाट रोक्छ।
४. तौल घटाउछ
पिडालुमा हुने कम्ति क्यारोलिरिको कारण यो बढि तौल भएका ब्यक्तिहरुलाई अति उत्तम हुन्छ किनकि यसले तौल बढाउदैन।
५.सुन्दर छाला
पिडालुमा हुने भिटामिन ए र सि छालाको अति आवश्यक तत्व हुन्। यी भिटामिनले छालाको तन्तुहरुलाई छिटो छिटो बिकसित गर्छ र छलाको आबरणलाई बचाइराख्न मदत गर्छ।
नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"
Advertisement
![]() |
Post a Comment