Advertisement
![]() |
१७ भदौ, एजेन्सी।
पाकिस्तानी आर्मी चिफ जनरल राहिल शरीफले देशको दुश्मन राम्रोसंग चिनेको र दुश्मनको चालसंग लड्न तयार रहेको बताएका छन्।
बिहिबार चीन-पाकिस्तान करिडोर हेर्न गिलगित आएका शरीफले यस्तो बताएका हुन।
पाकिस्तानी पत्रिका ‘द डन’ को अनुसार, राहिल शरीफलाई मिडियाले नरेन्द्र मोदीको बयार र रअको बारेमा प्रश्न गरेका थिए। मिडियालाई जवाफ दिदैँ शरीफले भारतको नामै नलिइ दुश्मन चिनेको र लड्न तयार रहेको बताएका हुन।
देशको सीमा सुरक्षित रहेको बताउँदै नागरिकको विश्वास जित्न चीनले विकासको लागि यो इलाकामा काम गर्दै रहेको शरीफले बताए।
शरीफले गिलगित-बाल्टिस्थानका जनताले पाकिस्तानी सेनालाई नै आफ्नो सेना मान्नु पर्ने समेत बताएका छन्।
बलूचिस्तानका एक नेताले राहिलको बयानमा टिप्पणी गर्दै भनेका छन्, ‘यतिका दिन पश्चात पाकिस्तानका सेना प्रमुख गिलगित-बाल्टिस्तान जानु र त्यहाँ यो प्रकारले कुरा गर्नुले धेरै कुरा बताउँछ।’
उनले भने, ‘मोदीको १५ अगस्तको भाषण पश्चात हामीलाई चिन्ता लागेको थियो कि पाकिस्तानी आर्मी किन चुप छ। अब लाग्छ कि मोदीको निशाना सहि स्थानमा लागेछ। उनी पाकिस्तान आर्मीलाई नै सन्देश दिन चाहन्थे।’
स्वतन्त्रता दिवसको दिन के भनेका थिए मोदीले?
मोदीले भारतको स्वतन्त्रता दिवसको दिन भनेका थए, ‘पछिल्लो केही दिनमा बलूचिस्तान, गिलगित, पाकिस्तानको कब्जावाला हिस्साका मानिसले मलाई निकै धन्यवाद दिएका छन्। मैले आभार व्यक्त गरको छु।’
‘टाढा टाढा बसेका मानिस हुन। जुन भूमी मैले देखेको छैन, जहाँका मानिससंग मेरो कहिल्यै भेट भएको छैन, उनीहरु प्रधानमन्त्रीलाई आदार गर्छन् भने यो मेरा सवा सय करोड देशवासीको सम्मान हो। म गिलगित, बलूचिस्तान र पाकिस्तानले कब्जा गरेको कश्मीरका मानिसलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। ’
Nepaliheadlines
Advertisement
![]() |
Post a Comment