Advertisement
![]() |
रातिदेखि परेको पानीले चण्डीभन्ज्याङ-६ कालिखोलामा खसेको पहिरो हटाउने प्रयास भैरहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले बताए।
उनका अनुसार राति धेरै ठाउँमा खसेकोे पहिरो हटाइसकिएको छ। अहिले कालिखोलाको पहिरो हटाउने प्रयास भैरहेको उनले बताए। पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट नारायणगढतर्फ ५ किलोमिटरमा पर्छ। यो खण्ड अवरुद्ध भएपछि सिमलटारदेखि मुग्लिनसम्म नै जाम छ। दुईसय भन्दा धेरै गाडी रोकिएकाले पहिरो हटेपछि पनि बाटो छिचोल्न समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। बाहिरी जिल्लालाई काठमाडौ जोड्ने मुख्य सडकखण्ड अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ।
मुग्लिन नारायणगढ सडकखण्डको विकल्पमा पश्चिम जाने गाडी मुग्लिनबाट पोखरा हुँदै बुटवल तथा पूर्व जाने गाडी काठमाडौंबाट त्रिभुवन राजपथ, विपी राजमार्ग र दक्षिणकाली हुँदै हेटौंडा निस्कन सक्ने भएपनि सडक साँघुरो, घुमाउरो र भाडा महंगो पर्न जान्छ। त्यसैले धेरैबेर जाममै बसेर भएपनि धेरै गाडी मुग्लिन नारायाणगढ सडकखण्ड भएर नै गुड्ने गरेका छन्।
Advertisement
![]() |
Post a Comment