0
Advertisement

भदौ १९। काठमाडौं– ‘तपाईं भित्र जान सक्नुहुन्न, आज पुरुषका लागी ईन्ट्री नदिनु भन्ने आदेश छ’ गौशलातिरको गेटबाट पशुपति जान खोजेका एक पुरुषलाई रोक्दै महिला प्रहरीले यसो भनेपछि तिजको रमझम नियाल्न पशुपति पुगेका ति पुरुष फरक्क फर्र्किए ।
हिन्दु नारीको प्रमुख पर्व हरितालीका तिजको दिन आईतबार पशुपति दर्शन गर्न जानेहरुको संख्या अत्यधिक बढेको छ । पशुपति दर्शनलाई ब्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले आईतबार बिहान ६ बजेसम्म नित्य पुजाका लागिमात्रै पुरुषलाई प्रवेश गर्न दिएको थियो, त्यसपछि महिलाहरुलाई लाईनबाट दर्शन गर्ने ब्यवस्था मिलाएको छ ।
पशुपति क्षेत्र विकास कोषले महिला ब्रतालुहरुका तीनवटा रुटमा लाईन बसेर दर्शन गर्ने ब्यवस्था मिलाएको छ । कोषका अनुसार मित्रपार्क–गौरिघाट, जयवागेश्वरी तर्फको रुट र बनकाली तर्फको रुटमा लाईन लागेर दर्शन गर्न सकिने छ ।
अघिल्ला बर्षहरुमा जस्तो लाईन ब्यवस्थापनका लागी कोषले स्वयंसेवक परिचालन गरेको छैन । पशुपति क्षेत्रको सम्पुर्ण सुरक्षाको जिम्मा नेपाल प्रहरीले लिएको छ ।
एसपीको कमाण्डमा तीन हजार प्रहरी
पशुपति क्षेत्रको शान्ति शुरक्षा र लाईन ब्यवस्थापनका लागि महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रधुम्न कार्कीको कमाण्डमा तीन हजार प्रहरी खटिएका छन् । पशुपतिको मुल मन्दिरमा दर्शक गराउने जिम्मा महिला प्रहरीले लिएका छन् । यसअघी मुल मन्दिरमा स्वयंसेवक खटिन्थे । ‘मुल मन्दिरमा दर्शन गराउनका लागी प्रत्येक सिफ्टमा तीनसय महिला प्रहरी परिचालन गरिएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले भने, ‘पशुपति क्षेत्रमा आईतबार राती १२ बजेदेखी दुई सिफ्टमा तिन हजार प्रहरी परिचालन गरेका छौं ।’
पशुपति स्थित नेपाल प्रहरीको मुल कमाण्ड पोष्टमा भेटिएका एसपी प्रधुम्न कार्कीले दर्शनार्थी लाईन लागेको हरेक रुटमा नागरिक सहायता कक्ष स्थापना गरिएको जानकारी दिए । उनले भने, ‘२७ स्थानमा सिसिटीभी जडान गरेका छौं, मुल कमाण्ड पोष्टबाट बाहिरका हरेक गतिविधी निगरानी गर्छौं ।’
त्यस्तै महिला दिदी बहिनीको गरगहना लगायतका सामग्री लुटपाट हुन नदिन र पाकेमाराको गतिविधी नियाल्नका लागी उल्लेख्य संख्या सिभिल प्रहरी परिचालन गरिएको एसएसपी थापाले जानकारी दिए ।
त्यस्तै पशुपति क्षेत्रको सुरक्षाका लागी पाँच सय भन्दा बढी शसस्त्र प्रहरी परिचालन गरिएको बताईएको छ । साभार: रातोपाटी

Advertisement

Post a Comment

 
Top