0
Advertisement

भदौ १९, बैतडी । चितुवाको आक्रमणमा परी शनिबार साँझदेखि बेपत्ता भएकी बालिकाको शव अइतबार फेला परेको छ । उदयदेव–२ कफाडीका हिरा चन्दकी चार वर्षे छोरी अञ्जलीलाई घरको आँगनबाट चितुवाले शनिबार आक्रमण गरी लगेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बालिकाको शव घरदेखि करिब आठ सय मिटर को दूरीमा रहेको रत्याल खोलामा टाउको र शरीर अलग भएको अवस्थामा फेला परेको बताउनुभयो । चितुवाले आक्रमण गरेलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले बालिकाको खोजी गरेको थियो ।
यसअघि यही भदौ ४ गते उदयदेव–९ मकैल ब्याल्धमका हिरा चन्दकी सात वर्षे छोरी चञ्चलाको चितुवाको आक्रमणवाट ज्यान गएको थियो । यस घटनासँगै तल्लोसोराडमा नरभक्षी चितुवाको आक्रमणबाट केही समययता २२ जनाको ज्यान गइसकेको छ । चितुवाले बस्ती पसेर मानिसलाई आक्रमण गरी ज्यान लिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । रासस

Advertisement

Post a Comment

 
Top