Advertisement
![]() |
काठमाडौं, १९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीज पर्वको अवसरमा शुभकामना दिएका छन् ।
उपचारका लागि थाइल्याण्ड हुँदै इण्डोनेसिया पुगेका ओलीले शनिबार साँझ ट्वीटरमार्फत सम्पूर्ण महिलाहरुलाई शुभकामना दिएका हुन् ।
उनले इण्डोनेसियाबाटै ट्वीट गरेका छन्– ‘सम्पूर्ण नेपालीहरूको सांस्कृतिक पर्व तीजको उपलक्ष्यमा विशेष गरी नेपाली महिलाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
Advertisement
![]() |
Post a Comment