0
Advertisement

महिलाको मेकअप किटको सबैभन्दा महत्वपूर्ण हिस्सा रहँदै आएको लिपस्टिकले पागलपन निम्त्याउने खतरा सार्वजनिक भएको छ। लिपस्टिकले महिलाको मानसिक स्वास्थ्यमा असर गर्छ, पागलसम्म बनाउने पदार्थ भेटिएको एक नयाँ अनुसन्धानले बताएको हो। खोजकर्ताहरुले लिपस्टिक प्रयोग गर्ने महिलाहरुलाई सावधान समेत गरेको छ।
रिसर्चको अनुसार अधिकांस लिपस्टिक उत्पादनमा सिसा (लिड) भेटिएको छ। जसको सम्पर्कले दिमाग, व्यवहार र सिक्ने क्षमत प्रभावित हुन्छ।एक अमेरिकी पत्रिकाले गरेको अध्ययन २२ लिपस्टिक ब्रान्डमाथी गरिएको थियो। जसमा ५५ प्रतिशत लिपिस्टिकमा विषालु पदार्थ भेटियो।
अन्डरराइटर्स प्रयोगशालामा गरिएको जाँचमा १२ लिपिस्टिक उत्पादनमा सीसाको स्तर उच्च भेटियो। यस्तो उत्पादनको प्रयोगले मानसिक स्वास्थ्यमा प्रतिकुल असर पर्ने बताइएको छ।

Advertisement

Post a Comment

 
Top