0
Advertisement

अपराधमा धेरैजसो संलग्नता पुरुषहरुको हुन्छ भन्ने हामी ठान्छौं तर यो सोचाई सधैं वास्तविक हुँदैन । हुन त धेरैजसो अपराधी पुरुषहरु नै हुन्छन् तर यसमा महिलाको संलग्नता पनि बढ्दो छ । अपराधको दुनियाँमा पाइला टेकेर अकुत सम्पत्ति आर्जन गर्ने महिलाको पनि कमी छैन । आज हामी तपाईंलाई यस्तै महिलाबारे जानकारी दिँदैछौं जो अपराधका कारण चर्चामा छन्ः

1

१. स्यान्ड्रा अविला बेलट्रेन, मेक्सीको
कुल सम्पत्तिः १०० करोड डलर
– स्यान्ड्रा अविला बेलट्रेनलाई मेक्सिकोको चर्चित ड्रग माफियाको रुपमा चिनिन्छ ।
– लागुपदार्थ ओसारपसारका साथै उनीमाथि अवैध हतियार ओसारपसारको आरोप पनि लागेको छ ।
– स्यान्ड्राले दुईपटक विवाह गरिन् तर उनका दुबै श्रीमानको हत्या भयो ।
– उनका दुबै श्रीमान् आफ्नो समयमा चर्चित ड्रग माफिया थिए ।
– स्यान्ड्राको छोराको अपहरण पनि भयो जसलाई छुटाउनका लागि उनले ५२ करोड रुपैयाँ अपहरणकर्तालाई दिइन् ।
– स्यान्ड्रा अहिले जेलमा छिन् ।

2

२. क्लाउडिया ओछाओ फेलिक्स, मेक्सिको
मिलेनियर क्लबमा संलग्न
– क्लाउडियालाई मेक्सिकोको अर्गनाइज्ड क्राइमकी किम कार्दाशियन भनिन्छ ।
– वास्तवमा क्लाउडिया आफ्नो ग्ल्यामरको लागि त्यति नै चर्चित छिन् जति अपराध जगतमा छिन् ।
– क्लाउडियालाई लस एन्ट्रेक्स ग्रुपको लिडर भनिन्छ जुन मेक्सिकोको सबैभन्दा डरलाग्दो अपराध समूहमध्येको एक हो । यो समूहमाथि सयौं मानिसहरुको हत्याको आरोप छ ।
– पैसा लिएर क्राइम गर्नेबाहेक नशालु पदार्थको तस्करी पनि यो समूहको मुख्य पेशा हो ।
– क्लाउडिया सोसल मिडियामा निकै चर्चित छिन् र उनका थुप्रै फलोअर्स पनि छन् ।
– क्लाउडिया तीन बच्चाकी आमा हुन् तर पनि उनी आफ्नो सुन्दरताका कारण निकै चर्चित छिन् ।

3

३. लिसेट ली, दक्षिण कोरिया
कुल सम्पत्तीः ४ करोड ८० लाख रुपैयाँ
– लिसेट ली दक्षिण कोरियाकी ड्रग डिलर हुन् ।
– ली लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा एक्टिभ भइन् र उनको चिनजान थुप्रै अपराधीसँग भयो ।
– लीलाई सन् २०१० मा ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेशनद्वारा करिब ३.५ करोडको नशालु पदार्थको साथमा पक्राउ गरियो ।
– लीलाई ६ वर्षसम्म जेल सजायँ दिइयो ।

4

४. ग्रिसेल्डा ब्ल्याङ्को, कोलम्बिया
कुल सम्पत्तिः २०८० करोड रुपैयाँ
– संसारको शीर्ष धनी ग्याङ्गस्टरको सूचीमा एक महिला ग्याङ्गस्टर ग्रिसेल्डा ब्ल्याङ्को समावेश छिन् ।
– कोकिन क्विनको नामले चर्चित उनको सम्पत्ति २०८० करोडको छ ।
– साउथ अमेरिका साथै संसारको थुप्रै देशमा उनले कोकिनको तस्करी गरेकी थिइन् ।
– उनको सन् २०१२ मा ६८ वर्षका उमेरमा मृत्यु भइसकेको छ ।

5

५. अना ग्रिस्टिना, अमेरिका
कमाईः लगभग १६० करोड रुपैयाँ
– अना सन् २०१२ मा चर्चामा आएकी थिइन् जतिबेला उनलाई हाइ क्लास सेक्स र्याकेटमा संलग्न भएको भन्दै पक्राउ गरियो ।
– अनाले आफ्नो र्याकेटमा प्लेब्वाई र पेन्टाहाउसका थुप्रै मोडललाई समावेश गरेकी थिइन् ।
– अनाले सेक्स र्याकेटमार्फत करिब १६० करोड रुपैयाँ कमाएकी छिन् ।
6
६. थेल्मा राइट, अमेरिका
कमाईः ४ करोड प्रति महिना
– थेल्मा राइट फिलाडेल्फियाका सबैभन्दा ठूलो ड्रग डिलर जेकर राइटकी श्रीमती हुन् ।
– जेकरको सन् १९८६ मा हत्या भएपछि थेल्माले उनको पूरा कारोबार आफ्नो हातमा लिएकी थिइन् ।
– बिस्तारै उनी ड्रग कारोबारको विषयमा फिलाडेल्फियाको सबैभन्दा ठूलो नाम बनिन् ।
– एक समयमा थेल्माका हरेक महिनाको कमाई ४ करोड रुपैयाँ हुने गर्दथ्यो ।

7

७. लियोना मिन्डी रोबर्टस हेमस्ले, अमेरिका
सम्पत्तीः ८०० करोड डलर
– लियोना मिन्डी अमेरिकाको चर्चित व्यवसायी थिइन् जसमाथि ट्याक्सचोरी सहित थुप्रै आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लगाइयो ।
– लियोनाको रियल स्टेटको व्यवसाय थियो । उनले आफ्ना श्रीमान ह्यारी होमस्लेसँगै मिलेर रियल स्टेटको अम्पायर खडा गरेकी थिइन् ।
– दुबैले अमेरिकामा २३ होटलको चेन तयार गरे । जसका कारण उनीहरु चर्चित होटल व्यवसायीको श्रेणीमा आए ।
– लियोनालाई आपराधिक क्रियाकलापमा संलग्न भएको भन्दै १६ वर्षको जेल भयो तर १९ महिना पछि रिहा गरियो ।
– सन् २००७ मा मुटुले काम गर्न छाडेपछि उनको मृत्यु भयो ।

8

८. रोसेट कुटुलो, इटाली
– रोसेट कुटुलो, इटालीका ठूला क्राइम बोस राफेलकी बहिनी हुन् ।
– रफेल धेरैजसो समय जेलमा बस्ने भएका कारण उनको पूरा कारोबार रोसेटको हातमा परेको थियो ।
– सन् १९८० को दशकमा रोसेटको आम्दानी करोडौंमा थियो ।
– रोसेटलाई सन् १९९३ मा जेल सजायँ सुनाइयो ।



Advertisement

Post a Comment

 
Top