0
Advertisement

१२ भदौ, काठमाडौं ।गायक खेमराज गुरूङको शव उनको जन्मस्थान खाँदबारीबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयको थियो त्यसपछि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा राखिएको थियो । आइतबार अपरान्ह उनको अन्तिम संस्कार गरिने जनाइएको छ ।

IMG_2022

सबैलाई सुन्य बनाएर चर्चित गायक खेम गुरुङ यो धर्तीबाट बिदा भएका छन् । खेमले भनेका थिए मरे पछि गंगा जीलाई बाँचे हजुरीलाई…….।

IMG_2105

उनले वारि जमुना पारी जमुना भित्रको यो अन्तरा गाउँदा सोचेका थिएनन् होलान् उनि यति छिट्टै लोकप्रीय हुनेछन्, सांगीतीक क्षेत्रमा यो गीतले यति हलचल मच्चाउने छ र यति छिट्टै उनि यो दुनियाबाट बिदा हुनुपर्ने छ ।

IMG_2047

गायक खेमले जस्तै उनका स्रोताले पनि कल्पनानै नगरेको कुरा भयो । जन्डीस बिग्रीएर अस्पतालमा राखिएका गुरुङको बिहीबार साँझ चावहिल स्थित मेडिकियर अस्पतालमा निधन भएको छ ।

 IMG_2073

उनको निधनले एकाएक सबैलाई स्तब्ध बनाएको छ । उनि बिरामी भएको खवर कति श्रोताले त थाहा नै पाएका थिएनन् । उनको परिवार उनलाई दिल्ली उपचार गर्न लैजाने तयारिमा भएपनि उनि ठिक हुनेमा बिश्वस्त थियो । तर उनि अचानक सबैलाई रुवाएर गए ।

अव खेम गुरुगंको आवाज सम्झनामा मात्र रहेको छ ।
वारी जमुना पारी जमुना, धरान–पोखरा, आलु तामा, ढाक्रे, जीवन, लगाएतका उनका गीतहरुले उनि अमर छन् नेपाली सांगीतीक जगतमा ।सबैले आफ्ना फेसबुक, ट्वईटर लगायतका भित्ताहरुमा उनको तस्विरमा हार्दीक श्रद्धान्जली जोडेर लेख्दा देश स्तब्ध भएको भान गराउँछ ।

उनको निधनमा सर्बसाधारण देखी देसका ख्याती प्राप्त ब्यक्तीले दुस्ख ब्यक्त गरेका छन् । खाषगरी नेपाली संगीत क्षेत्रका ब्यक्तीहरुका फेसबुक भित्ता यो घटनाले मलिन बनेको देखिन्छ ।

जण्डिस देखिएपछि गुरूङलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएको देखेर (आईसीयूमा) राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मृर्गौलामा पनि समस्या देखिएको बताएका थिए ।

थप उपचारका लागि उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा लैजान नसकिने अवस्था भएकाले रोकिएको थियो ।

सखुवासभामा जन्मेका गुरुङ गीत संगीतमा लामो समयदेखि सक्रिय थिए । उनले गाएको पूर्वी पहाडको लोकभाका ‘वारि जमुना पारि जमुना’ एक ताका धेरैको जिब्रोमै झुण्डिने गर्दथ्यो । उनले एक दर्जन एल्वम निकालिसकेका छन् ।टिभी अन्नपूर्णबाट

Advertisement

Post a Comment

 
Top