0
Advertisement

फिलिपिन्सका एक माझीले त्यहाँको पालावान टापूमा एक अर्ब रुपैयाँ बराबरको मोती भेट्टाएका छन्। उनले १० वर्ष अघि नै यति मुल्यवान मोती फेला पारेका थिए। तर, आफूले भेट्टाएको कुरा मोती हो र यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने कुरा अहिले आएर मात्र उनले थाहा पाएका छन्।

ती भाग्यमानी माझीबारे बीबीसीले समाचार दिएको छ, तर सुरक्षा लगायतको कारणले गर्दा उनको नाम खुलाइएको छैन। '१० वर्षअघि ती माझीले टापूमा एउटा चम्किलो धातु फेला पारेका थिए। घरमा यसलाई राख्दा लच्छिन हुन्छ भनेर उनले त्यो धातु राखेका थिए। १० वर्षपछि एकजना पर्यटनसम्बन्धी विभागका सरकारी अधिकारीले धातु देखे। परिक्षणपश्चात् उक्त धातु मोती रहेको पत्ता लाग्यो,' समाचारमा भनिएको छ।

मोती ३४ केजीको छ र यो दुई फिट लामो छ। 'अहिलेसम्म संसारको सबैभन्दा ठूलो भनिएको मोतीभन्दा यो पाँच गुना ठूलो छ। यसलाई संग्रहालयमा राख्न सकियो भने संसारभरिबाट पर्यटकलाई फिलिपिन्समा आकर्षित गर्न सकिन्छ। यो सम्भावनालाई पनि हामी नियालिरहेका छौँ र मोती खरिद गर्नेबारे माझीसँग कुराकानी पनि गरिरहेका छौँ,' ती सरकारी अधिकारीले भने।

NagarikNews 



Advertisement

Post a Comment

 
Top